काठमाडौं– भारतीय र नेपाली लगानीको नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयर लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर ८ गते बसेको बैंक सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेतका लागि) वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।









