काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई आइतबार पक्राउ गरेको छ ।

शेरचनमाथि बैंकिङ कसुरको आरोप लागेको छ । प्रहरीले शेरचनलाई कर्जा दुरुपयोग घटनामा छानबिन गर्न पक्राउ गरेको जनाएको छ ।

यसअघि गत कात्तिक २२ गते सीआईबीले बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई सीआईबीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय