काठमाडौं– शुक्रबारको तुलनामा आज आइतबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि एक तोला सुनको मूल्य २ लाख ५२ हजार २०० रुपैयाँ तोकेको छ । चाँदीको मूल्य प्रतितोला ३ हजार ६०५ रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ र चाँदीको ३ हजार ५५५ रुपैयाँ थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय