काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको र चाँदी तोलामा १५ रुपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँ तोकेको छ । सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आजका लागि महासंघले चाँदीको मूल्य तोलाको ३ हजार ६०० रुपैयाँ तोकेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।









