वीरगञ्ज (पर्सा)– भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ । यही मंसिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति विमति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका हुन् ।

मंगलबार पेट्रोलियम पदार्थको भन्सार जाँचपासबाहेक सबै काम ठप्प रह्यो । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले भन्सार ऐन, २०८२ बाट सिर्जित समस्या समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानको प्रयास भइरहेको र आजदेखि जाँचपासको प्रक्रिया नरोकिनेमा आफू आशावादी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय