काठमाडौं– बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ । एक तोला चाँदीको मोल ३ हजार ८०५ रुपैयाँ तोकिएको छ ।

बुधबार सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ र चाँदीको ३ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय