काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले हालसम्मको कीर्तिमान तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको मूल्यले विगतका कीर्तिमान तोडेको हो ।

महासंघका अनुसार सोमवार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा सोमबारको मूल्य १ हजार ९०० रुपैयाँले बढी हो। आइतबार छापावाल सुन प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

सोमवार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार ४५ रुपैयाँ बढेर ३ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा दैनिक रुपमा सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय