काठमाडौं– चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चौमासिकमा करिब ७ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव ४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ बराबर विप्रेषण आप्रवाह भएको छ ।

केन्द्रीय बैंकका अनुसार यही अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८३७ रहेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय