काठमाडौं– सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मंगलबारको तुलनामा आज सुन तोलामा ७०० र त्यति नै परिमाणको चाँदी १७० ले महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल ४ हजार ५५ रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय