काठमाडौं– अदालतबाट धरौटीमा रिहा हुने आदेश पाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजमा चितवनको भरतपुर विमानस्थल गएर त्यहाँबाट स्थलमार्ग हुँदै भैरहवा जाने भएका छन्।

भैरहवाको मौसम प्रतिकूल हुँदा अवतरण गर्न नसकिने भन्दै जहाजहरु गएका छैनन् । भैरहवा जान लागेका लामिछाने केही घन्टादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका थिए।

रास्वपाका नेताहरूले सभापति लामिछाने भरतपुरसम्म जहाजमा गएर त्यहाँबाट गाडीमा भैरहवा जाने बताएका छन्। लामिछाने सहकारीको बचत रकम अपचलन मुद्दामा नख्खु कारागारमा पुर्पक्षमा थिए। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यही अदालती प्रक्रिया पूरा गर्न लामिछाने भैरहवा जान लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय