काठमाडौं– आइतबार चाँदीको भाउले विगतका कीर्तिमान तोडेको छ । आइतबार पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार १०० रुपैयाँ नाघेको छ ।
आइतबारको चाँदीको मूल्य शुक्रबारको तुलनामा प्रतितोला १०० रुपैयाँ बढी हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार १०५ रुपैयाँ तोकेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ भने आइतबार तोलामा १०० रुपैयाँ घटेको छ । महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँ तोकेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँ थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको रेकर्ड छ ।









