काठमाडौं– निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेतासँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ ।

यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुण्डुस्थित निवासमा भेटवार्ता गरेका छन् ।

राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा केन्द्रित रहेर छलफल गरेका थिए ।

राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील छ ।

ओलीले निर्वाचनको विपक्षमा अभिव्यक्ति दिँदै आएका छन् । सँगसँगै उनको पार्टी नेकपा (एमाले) निर्वाचन प्रक्रियामा पनि सहभागी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय