काठमाडौं– उद्योगहरुले चाँदी आयातका लागि पाउने विदेशी मुद्रा सटही सुविधा तीन गुणाले बढेको छ । नेपाल राष्ट्र बैंकले यसअघि ५ लाख अमेरिकी डलर बराबर रहेको विदेशी मुद्रा सटही सुविधा बढाएर २० लाख पुर्याएको हो ।

राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र–२०८१ संशोधन गर्दै चाँदी आयातका लागि एक महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले ४ लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने जनाएको हो ।

यसअघि उद्योगले एकपटकमा ५ लाख र अन्य व्यवसायीले १ लाख अमेरिकी डलर बराबरको चाँदी आयातका लागि मुद्रा सटही सुविधा पाउने गरेका थिए । राष्ट्र बैंकले नयाँ व्यवस्थामार्फत मासिक कोटा तोकिदिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय