काठमाडौं– मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा झन्डै ८ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७ हजार ९०० रुपैयाँले घटेर २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।

चाँदीको प्रतितोला ३०५ रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ ।

सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो। सोमवार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय