काठमाडौं– पछिल्लो समय लगातार बढेर कीर्तिमान बनाएको सुनचाँदीको मूल्य बुधवार पनि घटेको छ । मंगलबार तोलामा ७ हजार ९०० रुपैयाँले घटेको सुनको मूल्य बुधबार ११ सय रुपैयाँले सस्तिएको हो ।

चाँदीको मूल्य बुधबार १२० रुपैयाँ घटेको छ । चाँदीको मूल्य मंगलबार सोमबारको तुलनामा ३०५ रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार र चाँदीको मूल्य ४ हजार ४७० रुपैयाँ तोकेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला २ लाख ६२ हजार १०० र त्यति नै चाँदी मूल्य ४ हजार ५९० रुपैयाँ कायम भएको थियो ।

कीर्तिमान बनाउँदा यही पुस १३ गते आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको थियो भने चाँदीको मूल्यले सोमबार प्रतितोला ४ हजार ८९५ रुपैयाँको कीर्तिमान बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय