काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतबाट सस्तो मूल्यमा आएपछि निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँका दरले सस्तिएको छ ।

त्यस्तै हवाई इन्धनको भाउ आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ ।

साथै, एलपी ग्यासको मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय