काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार तेस्रो दिन घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीवारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै चाँदीको भाउ ४ हजार ४१५ रुपैयाँ तोकेको छ ।

बुधबार छापावाल सुन प्रतितोला २ लाख ६१ हजार र चाँदी ४ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।

गत आइतबार सुनको मूल्य पहिलोपटक प्रतितोला २ लाख ७० हजार रुपैयाँ पुगेको थियो । चाँदीको मूल्यले भने गत मंगलबार प्रतितोला ४ हजार ८९५ रुपैयाँको कीर्तिमानी बिन्दु छोएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा स्थानीय बजारका लागि दैनिक सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय