काठमाडौं– नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ हजार १०० रुपैयाँले र चाँदीको २५ रुपैयाँले घटेको छ ।

महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ र चाँदीको ४ हजार ५०० रुपैयाँ तोकेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५०० र चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा किनबेच भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा स्थानीय बजारका लागि दिनहुँ सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

गत पुस १३ गते सुनको मूल्यले प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँको कीर्तिमान बनाएको थियो । चाँदीको मूल्य भने पुस १४ गते ४ हजार ८९५ रुपैयाँको कीर्तिमानी बिन्दुमा पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय