काठमाडौं– साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अंकले घटेर २ हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको छ।
आज ३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह ० दशमलव ६२, उत्पादन तथा प्रशोधन १ दशमलव ०४ र व्यापार समूह ० दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ० दशमलव १४, विकास बैंक ० दशमलव ८०, वित्त ० दशमलव १३, जलविद्युत ० दशमलव ४९, लगानी ० दशमलव ३२, जीवन बीमा ० दशमलव ८८, लघुवित्त ० दशमलव ३२, म्युचुअल फन्ड ० दशमलव २९, निर्जीवन बीमा ० दशमलव ८६ र अन्य समूह १ दशमलव ६९ प्रतिशतले घटेको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४ दशमलव ३२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको सबैभन्दा धेरै ३० करोड, ६५ लाख, ८५ हजार, ७६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको ६ लाख ३४ हजार ७४९ कित्ता किनबेच भएको छ ।









