काठमाडौं– नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गरेका थिए। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुस २३ गते बुधबार बिहान ९ः०० बजे पुनः बस्ने मुख्यसचिव पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय