काठमाडौं– वर्तमान सरकारमा तीनवटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजिनामा दिने तयारी गरेका छन् ।
उनले अहिले ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजिनामा दिने तयारी गरेका हुन् ।
राजनीतिमा सक्रिय हुन उनले मन्त्री छाड्न लागेका हुन्। उनकै पहलमा स्थापना भएको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणका लागि सहमति गरिसकेको छ। घिसिङ रास्वपाको उपसभापति बन्ने तय भएको छ।
राजनीतिक गतिविधिमा लागेर पनि चुनावी सरकारमा बसेको भनेर प्रश्न उठेपछि उनले राजीनामा दिन लागेका हुन्।
उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र शहरी विकास गरी तीन मन्त्रालयको नेतृत्वमा थिए ।









