काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि कीर्तिमानी बिन्दुमा पुगेको छ । यही पुस १३ गते हालसम्मकै उच्च बिन्दुमा पुगेर ओरालो लागेको मूल्यले आइतबार पनि १३ गतेको बिन्दु छोएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रूपैयाँ तोकेको छ । पुस १३ गते पनि यही मूल्यमा सुन किनबेच भएको थियो ।
यस्तै, शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार ८०० रूपैयाँमा किनबेच भएको थियो। आइतबारको मूल्य शुक्रबारको तुलनामा प्रतितोला २ हजार २०० रूपैयाँ बढी हो। आइतबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
शुक्रबार तोलामा ४ हजार ७८० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ९९० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २१० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ५१० अमेरिकी डलरमा कारोबार भइरहेको छ।









