काठमाडौं– बालेन्द्र (बालेन) शाह संसदीय चुनाव लड्न झापा–५ गए, त्यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै पूर्व सहयोगीको पनि सामना गर्नुपर्ने देखिएको छ ।

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक किल्ला मानिने झापा–५ मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्भावित उम्मेदवारीको चर्चा चलिरहेकै बेला बालेनसँगै इन्जिनियरिङ पढेका राप्रपाका प्रभावशाली युवा नेता सर्जु श्रेष्ठले सोही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारी गरिरहेको बुझिएको छ ।

सर्जु बालेनलाई काठमाडौं महानगरको मेयर जिताउन पर्दा पछाडिबाट महत्त्वपूर्ण भूमिका खेलेका व्यक्ति मानिन्छन। तर अहिले उनी बालेन जस्तो अनप्रिडिक्टेबल पात्र देशको प्रधानमन्त्री बन्नु राष्ट्रकै लागि दुर्भाग्य हुने निष्कर्षमा पुगेको र त्यसैकारण स्वयं प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा उत्रन चाहेको उनी निकट स्रोतलाई उद्धृत गर्दै पहिलोदृष्टि डट कमले रिपोर्ट प्रकाशित गरेको छ। निकट स्रोतहरूका अनुसार श्रेष्ठले यो चुनावलाई व्यक्तिगत मित्रताको विषयभन्दा पनि राष्ट्रको भविष्यसँग जोडिएको वैचारिक र राजनीतिक लडाइँका रूपमा लिएका छन्।

यी तिनै पात्र झापा–५ बाट चुनाव लडेको खण्डमा केपी शर्मा ओलीको राजनीतिक विरासत जोगाउनै पर्ने एमालेको बाध्यता, समकालीन राजनीतिका सर्वाधिक चर्चित र प्रभावशाली व्यक्तत्व बालेन र उनकै पुराना मित्रबीचको प्रतिस्पर्धा निकै रोचक हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय