काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज सुन प्रतितोला २ हजार ९०० र चाँदी प्रतितोला ५० रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९२ हजार २०० त्यति नै चाँदीको मूल्य ५ हजार ८७० रुपैयाँ कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार १०० र त्यति नै चाँदीको मूल्य हजार ९२० रुपैयाँ कायम भएको थियो ।
मंगलबार एक तोला छापावाल सुनको मूल्य २ लाख ८४ हजार ७०० र त्यति नै चाँदीको मूल्य ५ हजार ८८० रुपैयाँ कायम भएको थियो । गत आइतबार एक तोला सुन २ लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक तोला सुन २ लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ६९५ र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









