काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको छ ।
शुक्रबार एक तोला छापावाल सुन २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदीको मूल्य ४ हजार ९८० रुपैयाँ थियो ।
यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ४६७ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









