काठमाडौं- धादिङको चरौंदीमा सोमबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेमा १७ नेपाली र २ नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । ती मध्ये ११ जना महिला र ६ जना पुरूष छन् । ज्यान गुमाउने विदेशी कुन देशका हुन् भन्ने खुल्न बाँकी छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको माछापुच्छ्रे यातायातको ग १ ख १४२१ नम्बरको बस गएराति साढे १ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ भैंसीगौडास्थित पृथ्वी राजमार्ग सडक खण्डबाट त्रिशूली नदी किनारमा खसेको थियो। उक्त बसमा चालक दलका सदस्यसहित ४५ जना रहेको बताइएको छ ।









