काठमाडौं- घादिङमा १९ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको १२ घन्टा नहुँदै उदयपुरमा यात्रु बस दुर्घटनामा परेको छ ।

उदयपुरगढी गाउँपालिका–७, अधेरी जोगी टोलमा भएको दुर्घटनामा मानवीय क्षति भए नभएको विवरण आउन बाँकी छ ।

प्रहरीका अनुसार कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको यात्रुबस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बस सडकबाट ३०-४० फिट तल खसेको छ ।

दुर्घटनामा परेर झन्डै एक दर्जन व्यक्ति घाइते भएको बुझिएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी खटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय