काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढेको छ । बिहीबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ भने चाँदीको मोल १५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल ५ हजार ७४० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला सुन ३ लाख १५ हजार ४०० रुपैयाँ र एक तोला चाँदीको मोल ५ हजार ७२५ रुपैयाँ निर्धारण भएको थियो ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ९०० र एक तोला चाँदीको मोल ५ हजार ५८५ रुपैयाँ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन ३ लाख १३ हजार ५०० रुपैयाँ र एक तोला चाँदी ५ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ५ हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय