काठमाडौं– नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख २० हजार रुपैयाँभन्दा माथि पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँ तोकेको छ । यो शुक्रबारको तुलनामा ५ हजार ६०० रुपैयाँ बढी हो ।

चाँदीको भाउ प्रतितोला २४५ रुपैयाँले बढेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु तीन लाख १४ हजार ९०० रुपैयाँमा मा र चाँदी प्रतितोला ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ५ हजार २७८ र त्यति नै परिमाणको चाँदी ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय