दाङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ ।
घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ हजार ६०९ मतगणना हुँदा रास्वपाका विपीन आचार्यले ५ हजार ९७४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शंकर पोख्रेलले ३ हजार ४९४ मतका साथ आचार्यलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले १ हजार ६०० मत प्राप्त गरेका छन् ।
दाङ निर्वाचन क्षेत्र नं २ मा कुल मतदाता १ लाख ४० हजार ९६५ रहेकामा ८२ हजार ६२६ मत खसेको थियो । सो निर्वाचन क्षेत्रमा दलका र स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।









