काठमाडौं– निर्वाचन आयोगका अनुसार शनिबार बिहान ८ बजेसम्म २८ निर्वाचत क्षेत्रको मतगणना सकिएको छ । २८ क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक हुँदा सबैभन्दा अगाडी रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० उम्मेदवार निर्वाचित भएका छन् । त्यसैगरी नेपाली कांग्रेसका ५ जना, नेकपा एमालेका १ जना र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २ उम्मेदवार निर्वाचित भएका छन् ।
आयोगका अनुसार रास्वपाका चितवन ३ बाट रवि लामिछाने, बाँके ३ बाट खगेन्द्र सुनार, महोत्तरी १ बाट प्रमोदकुमार महतो, स्याङ्जा १ बाट धनन्जय रेग्मी, रुपन्देही ४ बाट कन्हैया बनिया, मोरङ ६ बाट रुविना आचार्य, काठमाडौं ४ बाट पुकार बम, बाँके १ बाट सुरेशकुमार चौधरी, मोरङ ४ बाट सन्तोष राजवंशी, कास्की २ बाट उत्तम पौडेल, धनुषा ३ बाट मनिष झा, काठमाडौं ५ बाट सस्मित पोखरेल, काठमाडौं ९ बाट डोलप्रसाद अर्याल, कास्की ३ बाट बिना गुरुङ, काठमाडौं १० बाट प्रदिप विष्ट, काठमाडौं ७ बाट गणेश पराजुली, काठमाडौं ३ बाट राजुनाथ पाण्डे, काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ, काठमाडौं ६ बाट शिशिर खनाल र काठमाडौं १ बाट रञ्जु दर्शना निर्वाचित भएका छन् ।
त्यसैगरी नेपाली कांग्रेस मनाङका टेकबहादुर गुरुङ, मुस्ताङका योगेश गौचन थकाली, रसुवाका मोहन आचार्य, दैलख १ का बास्ना थापा र तेह्रथुमका सन्तोष सुब्बा निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट बाँके २ का मोहम्मद इस्तियाक राई निर्वाचित भएका छन् भने नेपाली कम्युनिस्ट पार्टीबाट रुकुमपूर्वका पुष्कमल दाहाल र कालिकोटबाट महेन्द्रबहादुर शाही निर्वाचित भए ।









