काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएको छ । आज विहान १०ः५० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने ३ स्थानमा अगाडि छ । नेकपा (एमाले) सात स्थानमा विजयी हुँदा तीन स्थानमा अगाडि छ ।

आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट हालसम्म चार उम्मेदवार निर्वाचित भएका छन् । नेकपाका उम्मेदवार ३ स्थानमा अगाडि छन्। यस्तै, श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार विजयी भए । यो पार्टीका उम्मेदवार २ स्थानमा अगाडि छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

समानुपातिक निर्वाचनतर्फ हालसम्म २७ लाख ६१ हजार ४२१ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले १३ लाख ८८ हजार ४२१, नेपाली कांग्रेसले ४ लाख ७१ हजार ३५५, नेकपा (एमाले)ले ३ लाख ८० हजार ९३२ र नेपाली कम्युनिस्ट पार्टीले १ लाख ८२ हजार ८३४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय