धरान (सुनसरी)– सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई (साम्पाङ) प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उनी ३५ हजार ७४१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का टीकाराम लिम्बूले ६ हजार ४६३ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा विभिन्न १९ दल र ७ स्वतन्त्र गरी २६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । धरान उपमहानगरपालिका, बराहक्षेत्र, रामधुनी गरी २७ वटा वडा समेटिएको यस निर्वाचन क्षेत्रमा १ लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो ।









