काठमाडौं– भारतको जम्मु तथा कास्मिरका पूर्वमुख्यमन्त्री तथा नेसनल कन्फरेन्सका अध्यक्ष फारुक अब्दुल्लाहमाथि बिहीवार गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जम्मुको ग्रेटर कैलास क्षेत्रमा एउटा वैवाहिक समारोहमा सहभागी भइरहेको बेला उनीमाथि गोली प्रहार भएको बताइएको छ ।

अब्दुल्लाहले आफूमाथि गोली प्रहार भएको घटना सम्झिँदै भनेका छन्, ‘कार्यक्रमस्थलबाट बाहिर निस्कँदै गर्दा मैले आतसवाजीको आवाज सुनें ।

तत्कालै म दौडेर कारभित्र छिरिहालें । पछि मलाई एकजना पेस्तोल बोकेका व्यक्तिले दुई गोली प्रहार गरेको जानकारी दिइयो । म त्यो व्यक्तिलाई चिन्दिन, न त उसको बारेमा मलाई कुनै जानकारी नै छ ।’

गोली चलाउने व्यक्तिको उद्देश्य के हो भन्ने पनि आफूलाई थाहा नभएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय