काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री नियुक्त नियुक्त गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री शाहको शपथ आजै मध्याह्न हुने तयारी गरिएको छ।
राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न १२ः३४ बजे प्रधानमन्त्री शाहको शपथ ग्रहण कार्यक्रम तय भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार बालेनलाई संसदीय दलको नेता चयन गरेको थियो । नेपालको संविधानको धारा ७६ को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिसभामा बहुमत प्राप्त पार्टीको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ ।









