काठमाडौं– सरकारले सरकारी कार्यालय र शैक्षिक संस्था हप्तामा दुई दिन बिदा हुने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले भोलिदेखि नै लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
पेट्रालियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।
हप्तामा दुई दिन बिदा हुने भएसँगै कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहने भएका छन् ।









