काठमाडौं– पश्चिम एसियामा अमेरिका र इरानबीच चलेको युद्धका कारण इन्धनको मूल्य बढेपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा नयाँ भाडा तर तोकेको जनाएको छ ।
विभागका अनुसार दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रिय स्तरका रुटमा सञ्चालन हुने यात्रुबाहक सवारीसाधनको १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा १५.७५ प्रतिशतले भाडा बढाइएको छ ।









