जम्मु– भारतको जम्मुस्थित विमानस्थलमा आइतबार दुई शक्तिशाली विस्फोट भएको छ ।

करिब पाँच मिनेटको अन्तरालमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार दिउँसो १.४५ बजे पहिलो विस्फोट भएको थियो । घटनास्थललाई सुरक्षा फौजले सुरक्षा दिएको छ ।

दुई विस्फोटमध्ये पहिलो विस्फोट प्राविधिक क्षेत्रको एउटा भवनको छतमा भएको थियो भने दोस्रो विस्फोट जमिनमा भएको थियो ।

‘जम्मु विमानस्थल भित्र अति संवेदनशील क्षेत्रका दुई विस्फोटन भएको खबर आएको छ, घटनाका बारेमा प्राप्त प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको विवरण छैन,’ एक जना सुरक्षा अधिकारीले भने ।

विस्फोटका कारण कसैलाई घाउचोट लागेको र कुनै यन्त्रमा क्षति भएको विवरण पनि प्राप्त नभएको उनले जानकारी दिए ।

घटनाका बारेमा छलफल र समीक्षा गर्न उच्च सुरक्षा अधिकारीको बैठक बोलाइएको पनि उनले बताए । घटनालाई सुरक्षा अधिकारीले गम्भीरतापूर्वक लिएको पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय