नयाँ दिल्ली– भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
गत २४ घन्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना संक्रमण भएको छ । गत जुन २९ बाट यहाँ ४० हजारभन्दा कम व्यक्तिमा मात्र कोरोना संक्रमण भएको पाइएको छ । हाल भारतमा कोरोना संक्रमितको कुल संख्या तीन करोड ५ लाख ८५ हजार २२९ पुगेको सो मन्त्रालयले जनाइएको छ ।
यसै अवधीका भारतमा कोरोना संक्रमणबाट ७४३ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या चार लाख २ हजार ७२८ पुगेको छ ।
हाल भारतमा चार लाख ८२ हजार ७१ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घन्टाको समय अवघिमा ४२ हजार ३५२ व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना सुरु भएदेखि हालसम्म दुई करोड ९७ लाख ४३० कोरोना भाइरस मुक्त भएका छन् ।
भारतमा गत जनवरी १६ बाट कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु गरिएको थियो । सो समयदेखि हालसम्म यहाँ ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।









