बेइजिङ– चीनमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै संक्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ ।

चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ संक्रमित भेटिएको नेसनल हेल्थ कमिसनले जानकारी दिएको छ । ती व्यक्तिहरु चीन भित्रैबाट संक्रमित भएका पाइएको बताइएको छ ।

चीनको जाङ्सुमा मात्र स्थानीयरुपमै संक्रमण भएका ४० जना संक्रमित भेटिएका बताइएको छ । त्यसैगरी हुनान, लियानिङमामा अरु संक्रमित पाइएको बताइएको छ ।

ती क्षेत्रमा विगतका केही दिनदेखि निरन्तररुपमा नयाँ संक्रमित देखिने गरेका छन् । चीनभित्रै संक्रमणका नयाँ सूचना आइरहेका ती अधिकारीहरुले जनाएका छन् ।

स्थानीय नागरिकमै संक्रमण देखिएपछि नेसनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ ।

चीनले कोरोना निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच सुरु गरेको छ । यहाँ पछिल्ला हप्ताहरुमा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि संक्रमित देखिएका छन् ।

देशभित्रै अर्थात् स्थानीयरुपमै चीनमा संक्रमितहरु देखिन थालेपछि ती क्षेत्रमा निको भएका बिरामीमा पनि यहाँका स्थानीय स्वास्थ्य अधिकारीहरुले ध्यान दिन थालेका छन् । उनीहरुको पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिनायतादेखि नै थालेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय