वासिङ्टन– संयुक्त राज्य अमेरिकाको अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरीलगायतका मध्य भागमा रातभरी कम्तीमा ३० वटा आँधीबेहरी आएपछि करिब १०० जनाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको केन्टकीका गभर्नरले शनिबार पुष्टि गरेको हुन् ।

स्थानीय समयानुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको उनले सञ्चारकर्मीलाई बताए । केन्टकीमा एउटा मैनबत्ती कारखाना पूर्ण रूपमा ध्वस्त भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् ।

आँधी आएको अवस्थामा मैनबत्ती कारखाना करिब ११० जना व्यक्ति रहेका केन्टकीका गभर्नर एन्डी बेसिरले बताए ।

बेसरले मध्यरातअघि नै आफूले केन्टुकीका कारण संकट निम्त्याएको घोषणा गरेको बतारेका थिए । त्यस क्षेत्रमा विद्युत् तथा सञ्चारमाध्यम बन्द रहेको र मानिसको ज्यान जोगाउन थुप्रै खोज तथा उद्धार अधिकारीहरू पठाइएको कुरा पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय