काठमाडौं– कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित व्यक्तिहरु गम्भीर बिरामी पर्ने सम्भावना निकै कम रहेको अध्ययनहरुले देखाएका छन् । दक्षिण अफ्रिका, डेनमार्क र बेलायतबाट प्राप्त तथ्यांकले डेल्टाको तुलनामा ओमिक्रोन संक्रमितमध्ये निकै कम व्यक्तिमात्र अस्पताल भर्ना हुनुपरेको देखाएको हो ।

फरक फरक अध्ययन टोलीको निष्कर्षले कोरोनाको अन्य भेरियन्टको तुलनामा ओमिक्रोन संक्रमित ज्यादै कम संख्यामा मात्र गम्भीर बिरामी पर्ने आशा जगाएको छ । तर अनुसन्धाताहरुले ओमिक्रोनको उच्च संक्रमण क्षमताले स्वास्थ्यसेवा क्षेत्रमा तनाव उत्पन्न गराउन सक्ने चेतावनी दिएका छन् । खोप नलगाएका व्यक्तिहरु संक्रमणको उच्च जोखिममा रहे पनि ओमिक्रोनको ब्रेक थ्रु संक्रमण र पुनः संक्रमण निकै मध्यमस्तरको पाइएको छ ।

यसबाट गम्भीर बिरामी पर्नेको संख्या अन्य भेरियन्टको तुलनामा कम छ । अहिले अमेरिका लगायत थुप्रै मुलुकमा रहेका कोभिड १९ बिरामीमा बढीजसो ओमिक्रोन संक्रमित छन् ।

बेलायतको इम्पेरियल कलेजले विश्लेषण गरेको तथ्यांकले खोप नलगाएका तथा दीर्घरोग भएका व्यक्तिमा ओमिक्रोनको गम्भीर बिरामी बनाउने क्षमता डेल्टाको तुलनामा ११ प्रतिशत कम देखिएको छ । खोप लगाएका र यसअघि संक्रमित भइसकेका व्यक्तिसमेतलाई समेट्दा आम तवरमा ओमिक्रोनको अस्पताल भर्ना हुनुपर्ने सम्भावना २५ प्रतिशत कम देखिएको छ ।

दक्षिण अफ्रिकाको नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजेजेजले गरेको अध्ययनले डेल्टाको तुलनामा खोप लगाएका र यसअघि संक्रमित भइसकेका व्यक्तिहरुमा ओमिक्रोन संक्रमण भएको खण्डमा अस्पताल भर्ना दर ८० प्रतिशत कम रहेको देखाएको छ ।

डेनमार्कको अध्ययनले अन्य भेरियन्टको तुलनामा ओमिक्रोन संक्रमित अस्पताल भर्ना हुनुपर्ने सम्भावना तीन गुणा कम रहेको देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय