ढाका– बंगलादेशमा शुक्रबार बिहान एउटा तीनतल्ले ढुंगामा आगो लाग्दा ३६ जनाको ज्यान गएको छ । स्थानीय सुगन्धा नदीमा उक्त दुर्घटना भएको प्राप्त समाचारमा उल्लेख छ ।
घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३६ वटा शव फेला परेको जानकारी दिएका छन् ।
डुंगामा आगो लाग्दा कैयौं यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन् ।
मृतक संख्या बढ्न सक्ने ठानिएको छ । धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हामफाल्दा डुबेर मरेको बताइएको छ ।
उक्त डुंगामा ५०० जना यात्रु रहेको बताइएको छ । अधिकारीहरूका अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
एमभी अभियान नामक डुंगा गए राति ढाकाबाट बर्गुनाका लागि हिँडेको थियो । आगलागीको कारण थाहा हुन सकेको छैन ।









