काठामडौं– देशभर पछिल्लो २४ घन्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सात हजार २०९ पीसीआर र चार हजार ८९० जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घन्टामा २७१ जना संक्रमण मुक्त भएका छन् । यससँगै निको हुनेको संख्या आठ लाख १३ हजार ४४७ पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ ।
हाल भेन्टिलेटरमा रहनेको संख्या जम्मा १४ र आइसियूमा ७९ जना रहेका छन् । होम आइसोलेसनमा पाँच हजार ६९, संस्थागत आइसोलेसनमा ३६२ र क्वारेन्टिनमा ११३ रहेका छन् ।









