काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घटेर २ हजार ६१८ दशमलव ०३ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव ३३ अंकले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक २ दशमलव ६० अंकले घटेर १८० दशमलव ३९ मा पुगेको छ ।
सेन्सेटिभ फ्लोट सूचक २ दशमलव १९ अंकले घटेर १५७ दशमलव ८० मा पुगेको छ । विभिन्न कम्पनीका २ करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ । १३ वटै उपसमूहको सूचक घटेको छ ।
आज २३ कम्पनीको सेयर मूल्य बढेको र २५३ कम्पनीको घटेको देखिन्छ । त्यसैगरी दुई कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त संस्था र निफ्रा ग्रीन डिबेञ्चरलगायत लगानीकर्ताले कमाएका छन् भने फर्स्ट माइक्रो फाइनान्स लघुवित्त, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट, कालिका लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताले गुमाएका छन् ।









