सिड्नी– अस्ट्रेलियाले विदेशबाट आउने पर्यटकका लागि सिमा नाका फेरि खुल्ला गर्ने भएको छ । यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका छन् ।

कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकलाई प्रवेश निषेध गर्दै आएको अस्ट्रेलियाले प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाउदै लगेको हो ।

अस्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिवन्धात्मक व्यवस्था लागु गरेको देशमा पर्दछ ।

‘झण्डै दुई वर्षपछि विदेशबाट आउने पर्यटकलाई प्रवेश दिने निर्णय भएको हो,’ प्रधानमन्त्री मोरिसनले भने । राष्ट्रिय सुरक्षा सम्वन्धी बैठकपछि प्रधानमन्त्री मोरिसनले सबै प्रकारका प्रवेश आज्ञा पाएकालाई अस्ट्रेलिया आउन दिने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘यदी तपाईहरु कम्तीमा दुई पटक खोप लगाएको व्यक्ति हुनुहुन्छ भने हामी तपाईलाई अस्ट्रेलिया आउन आमन्त्रण गर्दछौं ।’

प्रधानमन्त्री मोरिसनले कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्धेश्यले सन् २०२० को मार्चदेखि विदेशबाट पर्यटक आउन नदिने निर्णय गरिएको बताए ।

त्यसपछि निरन्तर कोरोनाभाइरसविरुद्ध लडिरहनु परेकाले अहिलेसम्म पर्यटकका लागि खुल्ला गर्न नसकिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय