टोक्यो– जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहारबाट गम्भीर घाइते भएका छन् । उनको स्वास्थ्यस्थिति गम्भीर भएको र अहिले कोमामा राखिएको प्राप्त समाचारमा जनाइएको छ । जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहेका उनलाई शुक्रबार बिहान गोली हानिएको हो ।

सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । जापानी टेलिभिजन एनएचकेले दिएको जानकारीमा उहाँलाई गोली लागेको ठाउँबाट रगत बगिरहेको छ । उनी अहिले बेहोस अवस्थामा रहेको पनि प्राप्त समाचारमा उल्लेख छ ।

नाराको स्थानीय प्रहरीले उनलाई नजिकैको एक अस्पतालमा कोमामा राखिएको छ । नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको यहाँका मिडियाले जनाएका छन् ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय