काठमाडौं– नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबारदेखि हुन्डाई एक्सचेन्ज कार्यक्रम सुरु गर्ने भएको छ । यो कार्यक्रम देशभर नै लागू हुनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार यो कार्यक्रम सोमबार (माघ २६) देखि आगामी फागुन २ सम्म चल्नेछ । योजनामा एक्सचेन्ज गर्नुका साथै पुराना सवारी साधनको उच्चतम मूल्यांकन, आकर्षक नगद छुट, १५ हजार बराबरको लोयल्टी बोनस र एक लाखसम्मको एक्सचेन्ज बोनसका साथै ६ वर्षको निःशुल्क सर्भिस र तीन वर्षको वारेन्टी छन् ।

कम्पनीका सेल्स एंव मार्केटिङ विभागका महाप्रबन्धक रुपेश शर्मा भट्टले भने, ‘ग्राहकलाई सधैं उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुन्डाई तल्लीन छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । यो कार्यक्रम नेपालका सम्पूर्ण डिलर नेटवर्कमा उपलब्ध छ ।’

ग्राहकको सुविधाका लागि विभिन्न किसिमका कार्यक्रम र योजना ल्याइरहने यो संस्थाले ग्राहकको सुविधाका लागि यस्ता योजना र एक्सचेन्ज क्याम्प वर्षैभरीलाई निरन्तरता दिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय