आठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना संक्रमण भएको छ । पहिलोपटक संक्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ संक्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् ।

तीन दिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि संक्रमित भएको राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरले बताए । ७९ वर्षीय राष्ट्रपति पुनः एकान्तबासमा फर्केका छन् । उनले कोभिड–१९ विरुद्ध पूर्ण खोप र दुईपटक बुस्टर डोज लिएका थिए ।

संक्रमणमुक्त नभएसम्म उनी एकान्तबासमा नै रहने चिकित्सका कनरले बताएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निर्देशिका अनुसार उनले कम्तीमा पाँच दिन एक्लै बस्नुपर्नेछ । राष्ट्रपति भवनको एउटा कोठामा उनी एक्लै बस्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर