काठमाडौं– स्थानीय बजारमा सोमबार पहेंलो धातु सुनको मूल्य तोलामा २०० ले घटेको छ । छापावाला सुन तोलामा ९० हजार ४०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार छापावाला सुन तोलामा ९० हजार ६०० मा कारोवार भएको थियो ।

महासंघका अनुसार तेजाबी सुन पनि तोलामा २०० ले घटेको छ । आइतबार ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन सोमबार ८९ हजार ९५० मा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार एक हजार ३१० मा कारोवार भएको चाँदी सोमबार भने तोलामा पाँच रुपैयाँले बढेर एक हजार ३१५ मूल्य कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय